अध्यागमन नियमावली, २०५१ को परिच्छेद २ (९) मा ब्यवसायिक भिषा सम्बन्धी ब्यवस्था भएको ।
ब्यवसायिक भिषा देहायका विदेशीहरु र तिनका आश्रित परिवारलाई सम्बन्धित नियकाको सिफारिसमा प्रदान गरिने गरेको ।
क) नेपालभित्र व्यापारिक वा औधौगिक व्यवसायमा लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु वा त्यस्ता व्यापारिक वा औधौगिक संस्थाको अधिकृत प्रतिनिधि।
ख) नेपालबाट निकासी व्यापार गर्न लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु ।
ग) तेश्रो मुलुकबाट नेपालमा आई नेपालमा उत्पादित माल सामान खरिद गरी निकाशी गर्ने वा निकाशीको लागि खरिद आदेश दिने विदेशीहरु ।
व्यवसायिक भिषा (Business Visa) का लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः
१. उधोग मन्त्रालयको टिप्पणी र सिफारिश
२. लगानी कर्ताको बैयत्तिक विवरण (Bio-data) (पहिलो पटक)
३. विदेशी लगानी स्वीकृति पत्र
४. राहदानी को मुख्यपृष्ठ
५. लगानीकर्ताको हालसालैको भिषा
६. कम्पनी/उधोग दर्ता प्रमाण-पत्र
७. स्थाई लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र
८. उधोग निरीक्षण प्रतिवेदन
९. कम्पनी/उधोगको प्रबन्ध-पत्र र नियमावली
१०. कर चुक्ता प्रमाण-पत्र
११. कम्पनी/उधोग अध्यावधिक प्रतिवेदन
१२. शेयर लगत विवरण
व्यवसायिक भिषा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुरः
क्र. सं.
|
नेपाल स्थित ब्यवसायमा लगानीको आधार |
भिषाको अवधि |
लाग्ने दस्तुर |
भिषा जारी गर्न सकिने ब्यक्ति |
प्रवेशको प्रकार |
१. |
|
एक वर्ष भन्दा कम |
मासिक १0 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी |
बहु प्रवेशी |
एक वर्ष |
१00 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी |
बहु प्रवेशी |
||
पाँच वर्ष |
३00 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी |
बहु प्रवेशी |
||
२. |
|
एक वर्ष भन्दा कम |
मासिक ३0 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
|
बहु प्रवेशी |
एक वर्ष |
३00 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
|
बहु प्रवेशी |
||
पाँच वर्ष |
१000 अमेरिकी डलर बराबरको नेपाली मुद्रा |
|
बहु प्रवेशी |
||
३. |
दश करोड भन्दा बढी लगानी |
|
भिषा दस्तुर लाग्ने छैन |
लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी |
बहु प्रवेशी |
भिषा दस्तुरको गणनाः भिषा नविकरणको दस्तुर गणना गर्ने प्रयोजनका लागि अवधि गणना गर्दा १५ दिन भन्दा कम अवधिको भए १५ दिनसम्मको र १५ दिनभन्दा बढी १ महिना भन्दा कम अवधिको भए १ महिनाको भिषा नविकरण दस्तुर लाग्ने गरी दस्तुरको गणना गरिने छ ।